Nepal's First Video FM

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य कतिले बढ्यो ?

604

साउन १०, साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँमाले बढेको छ । बुधबाबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार बढेर सुन प्रतितोला मूल्य ५६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार बढेर सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार बढेर चाँदी प्रतितोला मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.