साउन १०, एक किलो सुन पचाउँन लुटिएको नाटक गर्ने ५ जना पक्राउ परेका छन् । सुन व्यवसायी समिति दाङको एक किलो सुन पचाउन लुटिएको नाटक गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आफू लुटिएको भनेर १०० मा फोन गरेर खबर गर्ने खड्गबहादुर सुनुवारसहित सहयोगी ५ जनालार्इ प्रहरीले बुधबार साँझ साढे ६ बजे पक्राउ गरेको हो । गोंगबुको राप्ती पाहुना घरबाट १ किलो सुन, नगद २ लाख १७ हजार र १ लाख रुपैयाँ बराबरको चेक लुटिएको भन्ने खबर प्रहरीलाई दिईएको थियो ।
खबर पुग्नेविक्तिकै घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुमाथि नै शंका लागेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले नाटक गरेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
खड्गबहादुरसहित उनका ज्वाइँ बचन सुनुवार, भाइ चन्द्रप्रकाश, होटलका सञ्चालक लगायतसँग गरिएको प्रारम्भिक सोधपुछमै उनीहरुको कुरा बाझिएपछि एसएसपी पोखरेलले सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महारागञ्जलाई निर्देशन दिए ।
लगत्तै, अनुसन्धानका क्रममा राति नै उनीहरुले एक किलो सुन पचाउनलाई सुन लुटिएको नाटक गरेको खुलेको एसएसपी पोखरेलले बताए । बसपार्कस्थित बिजी मलमा लुकाइएको अवस्थामा सुन समेत बरामद भएको छ ।
Comments are closed.