Nepal's First Video FM

फिल्म ‘पण्डित बाजेको लौरी’को प्रदर्शन तत्काल रोक्न बादी समुदायको चेतावनी

832

साउन ४ गत्तेबाट रिलीजमा आएको फिल्म पण्डित बाजेको लौरीको प्रदर्शन तत्काल रोक्न बादी समुदायले माग गरेको छ । बादी समुदायको कथामा आधारीत फिल्म पण्डित बाजेको लौरीमा यस समुदायलाई होच्याउने शब्दहरु प्रयोग भएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

परिषदका अध्यक्ष केशव नेपाली (बादी)ले फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ ।

साथै परिषदले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, बादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।

परिषद्का महासचिव सुकलाल नेपाली (बादी) ले २०६५ पौष २३ गते नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषण अन्त्य भएको घोषणा गरिसकेको जानकारी दिए ।

फिल्म ‘पण्डित बाजेको लौरी’ गरेकोले बादी समुदायको सम्मानमा आँच आउने दृश्य तथा शब्दहरु प्रयोग भएको भन्दै फिल्म तत्काल संशोधन नभए विभेदको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी दिएका छन् ।

दिपक ओली निर्देशित यस फिल्ममा तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डित बिचको सम्बन्धलाई देखाइएको छ ।

You might also like

Comments are closed.