Nepal's First Video FM

गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाईदै

828

साउन ११, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाईदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मान्ने शास्त्रिय मान्यता छ । गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । गुरुलाई मातापिता जत्तिकै सम्मान समेत गर्ने गरिन्छ ।

आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइँदैछ । वेदव्यासले नै ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदलाई सरल बनाउन संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुभएको शास्त्रीय मान्यता छ ।

आजको दिन आफुलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहीआएको छ । गुरु पूर्णीमाको अवसरमा आज विद्यालय, क्याम्पस लगायतका शिक्षण संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी सम्मान प्रकट गर्ने प्रचलन रहिआएको छ ।

You might also like

Comments are closed.