साउन ११, नायक प्रदीप खड्का र नायिका पूजा शर्मा अभिनित सिनेमा ‘प्रेमगीत’को शीर्ष गीत ‘मा यस्तो गित गाउछु’ले युट्युबमा एक करोड भ्युज पाएको छ । नायक प्रदीप र पूजाको जोडीलाई निकै रुचाइएको सिनेमा ‘प्रेमगीत’को शीर्ष गीत ‘मा यस्तो गित गाउछु’ रिलिज भएको लगभग तीन वर्षपछि करोड भ्युज पुगेको हो ।
सुदर्शन थापा निर्देशक तथा सन्तोष सेन निर्माता रहेको सिनेमा प्रेमगीतबाट नायक प्रदीप खड्काको नेपाली सिने नगरीमा उदय भएको थियो । यो गीत रिलिजताका सर्वाधिक हिट भएको थियो भने गीतकै कारण सिनेमा ‘प्रेमगीत’ चर्चामा आएको थियाे ।
अर्जुन पोखरेलको शब्द तथा सुगम पोखरेलको संगीत रहेको यस गीतमा अन्जु पन्तको आवाज छ । गीत एक करोड भ्युजमा पुगेको खुसीयालीमा संगीतकार पोखरेलले समाजिक सञ्जाल फेसबुकमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन् । नायिका पूजा शर्माले पनि आफ्नो फेसबुकमा गीतले करोड भ्युज पाएकोमा खुसी प्रकट गरेकी छन् ।
Comments are closed.