Nepal's First Video FM

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित – सुवास नेम्वाङले दिए बधाई

29

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८  मतभार पाए ।  पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । त्यसैले पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बनेका थिए । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।

संघीय संसदका सांसद र प्रदेशसभाका सांसदहरूले मतदान गरेका थिए ।

You might also like

Comments are closed.