माघ २५, सम्मानित महिला तथा सज्जनवृन्द,
सबभन्दा पहिला म यस कार्यक्रमका आयोजक श्रीमार्ग एवम् ‘वाउकाउ’ मिसनलाई धन्यवाद दिन चाहन्छु यो अवसर मलाई उपलब्ध गराएकामा। यो कार्यक्रममा सहभागिताका लागि मलाई आमन्त्रित गर्नुभएका गुरु दीप्तरञ्जन मार्थाप्रति म कृतज्ञ छु। मैले आफूसँग समस्त नेपाली जनताको अभिवादन र शुभकामना पनि ल्याएको छु।
विगत शताब्दीमा मानवजातिले विशाल प्रगति हासिल गरेको हामीले देखेका छौँ। यान्त्रिक बौद्धिकता र स्मार्ट ग्याजेटले निश्चय नै जीवनलाई आरामदायी बनाएका छन् तर त्योसँगै उनीहरुले नयाँ चुनौतीहरु पनि प्रस्तुत गरेका छन्। यी चुनौतीहरुमाथि सफलता आत्मा र आध्यात्मिकताको योगले मात्र सम्भव छ। सनातन धर्मले मात्र हाम्रो मन शरीर र आत्मालाई आध्यात्मिक चेतनातर्फ उन्मुख गराई सम्यक जीवनतर्फ हामीलाई डोर्याउन सक्छ।
म श्रीमार्ग र ‘वाउकाउ’ले यो महान लक्ष्य प्राप्तिमा लगानी गरेको अथक प्रयासको सराहना गर्दछु। आयोजकहरुलाई यो अवसरका लागि धन्यवाद दिँदै अगाडिका लक्ष्यप्राप्तिमा सफलताको कामना गर्दछु।
(पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पुरीमा वाउकाउ मिसनको कार्यक्रममा अंग्रेजीमा दिएको वक्तव्यको अनुवाद।)
Comments are closed.