अशोक दर्जी पछी अर्का ७ बर्षीय बालक भाइरल !मेरी मामु चलचित्रको गीतमा बालकले देखाए अदभुत अभिनय (हेर्नुहोस)
लगातार एक पछि अर्को सफल चलचित्रहरु निर्माण गर्न सफल आशुसेन फिल्मसले आफ्नो चौथो कोशेलीको रुपमा बाल मनोविज्ञानमा आधारीत आमा र छोरा विचको कथा बोल्ने चलचित्र मेरी मामुको निर्माण सकाएको छ । करिब पैतिस दिनको तालिकामा छांयाङ्कन सकाएको मेरी मामुको हाल पोष्ट प्रोडक्सनको काम तिब्रताका साथ भैरहेको कुरा यस चलचित्रका निर्माता सन्तोष सेनले जानकारी गराए । सन्तोष सेनको निर्माण तथा याम थापाको लेखन/निर्देशन रहेको यस चलचित्रमा सारुक ताम्राकार¸ अश्लेषा ठकुरी तथा नव नायिका कुशुम गुरुङ को अभिनय रहेको छ भने यसै चलचित्रबाट निर्माता सेनका छोरा आयुब सेन मुख्य भुमिकामा डेब्यु गर्दैछन ।
हाल चलचित्रको प्रचार प्रसारको कार्यलाई निकै तिब्रता दिएको मेरी मामु निर्माण युनिटले दरवारमार्गको राईजिङ मलमा एक कार्यक्रमको आयोजना गरि ” मलाई माफ गरिदेउ आमा ” शिर्षकको गीत सार्वजनिक गरेको छ । निकै नै मार्मिक सुनिने यस गीतमा रवि मल्लको शब्द¸ कल्याण सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको आवाज रहेको छ । यस गीतमा चलचित्रको मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ । गीत सुन्नमा जति मार्मिक र हृदयस्पर्शी छ गीतको भिडियो पनि उति नै शसक्त बनेको छ । गीतको भिडियो हेरे पछि कस्तो कथा बोलेको छ यो चलचित्रले भनेर झन कौतुहलता बढने देखिन्छ । गीत सार्वजनिकको कार्यक्रममा चलचित्रका निर्माता¸ निर्देशक¸गायक¸संगीतकार तथा मुख्य कलाकारहरुको उपस्थिति रहेको थियो ।
Comments are closed.