नाई न भन्नु ल का बाल कलाकार अनुभब रेग्मी लाइ सन्तोष सेनले दिए कडा चुनौती !किन भने यति सम्म (हेर्नुहोस)
हिट सिरिज ‘प्रेमगीत’ का निर्माता सन्तोष सेनले निर्माण गरेको नयाँ फिल्म ‘मेरी मामु’ आउँदो भदौ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनले आफ्नै ६ वर्षिय छोरा आयुव सेनलाई डेब्यु गराएका छन् । यम थापा यो फिल्मका निर्देशक हुन् ।
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको टाइटल गीत सार्वजनिक गरियो । तर, कार्यक्रममा निर्माता सेन र निर्देशक थापा फिल्मको विषयमा कम ‘नाई नभन्नु ल’ फेम्ड बाल कलाकार अनुभव रेग्मी र यसका मेकर्समाथि बढी खनिएका थिए ।
पत्रकारले निर्माता सेनमाथि सार्वजनिक गीतमा बच्चाकै स्वर किन नराखेको ? भन्दै प्रश्न गरे । उनले बलिउडको उदाहरण दिँदै भने, ‘बाल मनोविज्ञानमा बनेका बलिउडका फिल्ममा पनि बच्चाले गीत गाएको सुनेको छैन मैले । र, म बच्चाले लभ गर्दै हिँड्ने फिल्म बनाउँदिनँ ।’
Comments are closed.