Nepal's First Video FM

सर्टिफिकेट विवाद हुँदा प्रधानन्यायधीश जोशीको निर्णय रोकियो, एसएलसीको सिम्बोल नम्बर अर्कै व्यक्तिको नाममा !

686

साउन १३, भावी प्रधानन्यायधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

जोशी माथिको निर्णय सुनाउनका लागि आइतबार बिहान साढे ८ बजे बोलाईएको बैठक सोमबार अपरान्ह २ बजे सम्मका लागि स्थगित गरिएको हो ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचार सम्बन्धी फैसला लगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको हो ।

सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले निर्णय सुनाउन सकेको छैन । जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

गत शुक्रबार बोलाइएको बैठक पनि स्थागित भएका थियो । निर्णय सुनाउनकै लागि बोलाईएको बैठक दुई पटकसम्म स्थगित गरेपछि शंका उब्जिएको छ ।

सुनुवाइ समितिका सदस्यहरूका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको छ । उक्त सिम्बोल नम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ ।

जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ । त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन् ।

पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ । news24tv

You might also like

Comments are closed.