साउन १३, एजेन्सी । इण्नेशियाको लोम्बक टापुमा आइतबार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ । मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन् । भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ । घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए । भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन् ।
नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर-पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो । बीबीसी
Comments are closed.