Nepal's First Video FM

जापानमा शक्तिशाली आँधी: मुसलधारे वर्षा, २ सय बढीको ज्यान गयो

886

साउन १३, एजेन्सी । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १ सय ८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ ।

‘टाइफून जोङ्डारी’ नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो । मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

बाढीले दुई सयभन्दा बढी र तातो हावाले दर्जनौँ मानिसको ज्यान लिएको एक महिना पनि बित्न नपाउँदै जापानमा पछिल्लो समुद्री आँधी आएको हो । सरकारी टेलिभिजन एनएचकेका अनुसार आँधीका कारण डेढ लाख घरमा बिजुली आपूर्ति बन्द भएको छ भने १६ जना हराइरहेका छन् । बीबीसी

You might also like

Comments are closed.