Nepal's First Video FM

कञ्चनपुर बलात्कारकाण्ड: दोषीमाथि कडा कारबाही र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने कांग्रेसको माग

652

साउन १३, नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफ समेत मागेका छन् । शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताए ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका घटना दुखद भएको बताए । कानुन संशोधन गरेर बलात्कारीलाई मृत्युदण्डको कारवाही गर्नुपर्ने उनको भनाई छ ।

सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्ट, नीरुदेवी पालले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गरेका छन् ।

संसद बैठकमा सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेको छ । दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् ।

केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।

You might also like

Comments are closed.