Nepal's First Video FM

‘छक्का पञ्जा ३’मा दिपकको ‘पहिलो नम्वरमा’ यी दुई युवती (भिडियोसहित)

932

यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक भएको छ । ‘पहिलो नम्वरमा’ बोलको गीतमा झण्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

निकै नै आकर्षक भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् ।

दीपक शर्माको संगीत रहेको लोक लयको गीतमाा डेविड शंकर र बिन्दु परियारको स्वर छ । गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । एरेञ्ज उदयराज पौडेलको हो । गीतको छायाँकन पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले गरेका हुन् । फिल्म दशैंमा लाग्दैछ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.