काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।
उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए । सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।
Comments are closed.