Nepal's First Video FM

नेता विजयकुमार भन्छन्-‘किन बसियो सर्वोच्चको न्यायाधीश हुँदासम्म नक्कली प्रमाण-पत्रबारे मौन ?’

673

साउन १५, नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले स्वतन्त्र न्यायालयलाई प्रभावित बनाउने गरी सत्तारुढ दलले प्रधानन्यायाधीशको नियुक्तिमा विवाद निकालेको दावी गरेका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छेदारले सर्वोच्चको न्यायाधीश हुँदासम्म नक्कली प्रमाण–पत्रबारे ‘मौन’ बस्ने र प्रमुख पदमा नियुक्त हुन लाग्दा बखेडा बनाउने प्रबृत्ति नियोजित रहेको टिप्पणी गरेका हुन् । प्रधानन्यायाधीश नियुक्तिमा संविधानको मर्म र भावना विपरित गर्न खोजिए कांग्रेसले प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका नेता गच्छदारले सभापति शेरबहादुर देउवाले कांग्रेसको महासमिति बैठक अगाडि नै सहमति कार्यान्वयन गर्ने आश्वासन दिएको अवगत पनि गराए ।

You might also like

Comments are closed.