Nepal's First Video FM

जानाजान बेरुजु गर्नु भनेको नै भ्रष्टाचार हो, संलग्नलाई कानुनी कारबाही : ओली

894

साउन १५, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताएका छन् । महालेखा परिक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धि मंगलबार सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए । “के कारणले बेरुजु भएको हो ?” प्रधानमन्त्री ओलीले भने-“जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाई छ ।

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४/०७५मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिए ।

You might also like

Comments are closed.