साउन १५, नेपाली काँग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । महंगी र मूल्यबृद्धि लगायतको विषयमा सरकारको ध्यान नगएको आरोप लगाउँदै काँग्रेसले मंगलबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो । ओली नेतृत्वको जनभावनाको कदर गर्न भन्दा पनि अधिनायकवादतर्फ उन्मुख भएको तथा जनविरोधी काम गरेको काँग्रेसका आरोप छ ।
सरकार र डा. गोविन्द केसीसँग भएको सहमतिको अक्षरशः पालना गर्नुपर्ने, नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति डा. कुलप्रसाद कोइरालालाई गरिएको गिरफ्तारी, वीर अस्पतालका चिकित्सकहरुलाई गृह मन्त्रालयमा बोलाएर अनुचित दबाब दिएको, तथा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने लगायतका माग काँग्रेसको छ ।
काठमाडौंको शान्तिवाटिका लगायत देशैभरमा गरिएको प्रदर्शनमा काँग्रेसले सरकारको राजीनामा समेत मागेको छ । यस्तै, मन्त्रीहरुको अभिव्यक्ति र काम कर्तव्यमाथि नै शंशय पैदा भएको भन्दै सबैको जिम्मेवारी केपी शर्मा ओलीले लिनुपर्ने काँग्रेस कार्यकर्ताको माग छ । यस्तै कैलाली, दाङ ,चितवन, तेहथुम, लगायतका जिल्लामा पनि नेपाली कांग्रेसले वृर्हत प्रर्दशन गरेको छ । news24
Comments are closed.