गायक नबिन के भट्टराईको गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत ‘अनिदो भई रातमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो ‘म्युजिक नेपाल’को युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा शब्द नविना भट्टराईको रहेको छ भने संगीत गायक स्वयं नविनको छ ।
गीतको संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् । गीतलार्इ अमेरिकाको रमणिय ठाउँहरुमा अनुप गिरीले खिचेका छन् । गीतमा कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको सम्पादन तथा निर्देशन अनुप गिरीले नै गरेका छन् ।
केही समयअघि यसै संग्रहमा समेटिएको ‘मेरो नाम’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ । हेर्नुस भिडियो;
Comments are closed.