Nepal's First Video FM

जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा अझै अन्यौल

736

साउन १६, प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसदीय सुनुवाई समितिमा रहेका नेकपाका सदस्यहरु अझै पनि अनिर्णीत देखिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले जोशीको नाम अनुमोदन गर्नुपर्ने तर्क गरेपनि सत्तारुढ दल सत्तारूढ नेकपाका सांसदहरु भने विभाजित देखिएका छन् । बाहिर देखिदाँ नेकपाका कतिपय सांसदहरु जोशीको विपक्षमा देखिएपनि कतिपय सांसद र नेताहरु जोशीको बारेमा किचलो गर्न नहुने पक्षमा लागेका छन् ।

समितिका सांसदहरुले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णय कुरेपनि ओली र दाहाललाई केही नेता तथा सांसदहरुले जोशीको नाम अनुमोदन नगर्दा अर्को झमेला आउने तर्फ ध्यानाकर्षण गराएकाले उनीहरु अन्यौलमा परेका हुन् ।

विवादमा परेका कायम मुकायम प्रधानन्यायाधीश जोशीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् भने दिनभरजसो दुई जनाबीच पटकपटक फोन संवाद भएको थियो ।

दुई जनाबीचको गोप्य भेट र दिनभरको छलफलपछि जोशीलाई अनुमोदन गर्ने विषयमा सत्तारूढ दलका सांसद सकारात्मक बनेको समितिकै एक सदस्यले दावी गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटकै कारण सर्वोच्च अदालतले सरकारसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय मुद्दा समेत सुनुवाइ सूचीबाट हटाएर जोशीका प्रमाणपत्र र उनको विगतको कार्य सम्पादन बारे सरकार र संसदीय समितिलाई आश्वस्त बनाउने काम गरेको छ ।

जोशीको शैक्षिक प्रमाणपत्रको विषयमा विवाद उत्पन्न भएपछि केही दिनदेखि अनिर्णीत संसदीय समितिले आज जोशीको नाम अनुमोदन गर्ने दावी गरिएको छ । समितिका अध्यक्ष लक्ष्मण लाल कर्णले भने आज बस्ने समितिको बैठकले अनुमोदन वा अस्विकार गर्ने मध्ये कुनै एक निर्णय गर्ने बताउनु भएको छ ।

You might also like

Comments are closed.