Nepal's First Video FM

नेपालमा आत्महत्याको तथ्यांक चिन्ताजनक, आर्थिक वर्ष ५ हजार बढीले आत्महत्या गरेको तथ्यांक

969

साउन १६, नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा पाँच हजार भन्दा बढी मानिसहरूले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।

जुन अहिलेसम्मै उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सामाजिक, स्वास्थ्य जस्ता विभिन्न कारणहरूले मानिसहरूले आत्महत्या गर्ने गरेको मनोविश्लेषकहरूले बताएका छन् ।

त्यसका लागि सरकारले बेलैमा सचेतना अभियान नल्याए यो स्थिति अझ डरलाग्दो हुने मनोविश्लेषकहरूले चेतावनी दिएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरे ।

आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए । जुन तथ्यांक अप्राकृतिक मृत्युका कारणका तथ्यांकमध्ये सबैभन्दा उच्च हो । अहिले आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कम आए भएका वा मध्यम आए भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ । आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ ।

परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन् ।

बीबीसीबाट साभार

You might also like

Comments are closed.