साउन १६, फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु भएको फोटो प्रर्दशनीको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् । प्रदर्शनी १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ ।
फोटो प्रदर्शनीमा ३भहउभचष्भलअभल्भउब िकल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । उनले भने, ‘नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।’
मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिए ।
मन्त्री अधिकारीले ‘भिजट नेपाल २०२०’ लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबस“ग सहकार्य गर्ने बताए । उनले भने, ‘भिजिट नेपाल २०२० मा लिउको लक्ष्य पुरा गर्न हामीले पिजे क्लबस“ग सहकार्य गर्न तयार छौं । उहाँहरुले खिचेका तस्बिर मार्फत हामी नेपालको प्रचारप्रसार गर्छौं ।’
उनले फोटो पत्रकारलाई व्यवसायिक बनाउन आफू लागि पर्ने बताए । उनले भने, ‘फोटोपत्रकार साथीहरुले फोटो खिच्नुहुन्छ । तर त्यसको मूल्य पाउनुहुन्न । तर हामी अब फोटोलाई उचित रकम दिएर व्यवसायिक बनाउने छौं ।’ उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ढकालले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दोहो¥याए । उनले भने, ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ।’
कार्यक्रममा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताए । उनले नेपालमा मात्रै नभइ दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको आयोजना गर्ने तयारीमा क्लब रहेको बताए । उनले भने, ‘यसखालको ठूलो प्रतियगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ । यसको लागि सरकारले सहयोग गर्न सक्छ।’
काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरुकोे काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसै वर्ष सम्पन्न गरिनेछ । प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ ।
यस प्रतियोगितालाई आईएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्टस, विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गरेकाछन् । news24
Comments are closed.