Nepal's First Video FM

क्रिकेटले नेपाललाई किन दिन सकेन सोचेको जस्तो खुसि ?एकदिवसीय क्रिकेटमा नेपाल किन चुक्यो ?पढ्नुहोस

842

काठमाडौं । बुधबार नेपाली क्रिकेटसामू खुसी र पीडा एकसाथ आयो । वर्षौको मेहनतको फलका रुपमा एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गर्दाको खुसी थियो तर, नेदरल्याण्ड्ससँग हरेका कारण डेब्यू उत्साहजनक हुन सकेन ।टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो ।
१९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।नेपालको सुरुवात राम्रो थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए ।

त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।

आरिफ शेख पनि सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सोमपाल कामी पनि चलेनन् । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।

दिपेन्द्र सिंह ऐरीले टिकेर खेल्न खोजे । तर, उनी पनि व्यक्तिगत ३३ रनमा आउट भए ।

मल्लको अर्धशतक

नेपालले पहिलो एकदिवसीय क्रिकेट खेल्दै गर्दा उपकप्तान मल्लले अर्धशतक हानेका छन् । ५६ बलको सामना गरेका उनले ८ चौकाको मदतमा ५० रन पुरा गरेका हुन् ।
तर, अर्धशतकमा एक रन थप्नासाथ आउट हुन पुगे ।

पारसको ४ विकेट

यसअघि नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो । पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि घरेलु टोली ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो ।

उसका रिपोनले ५१ रन बनाए । पारसले १० ओभरमा २६ रन दिएर ४ विकेट लिएका थिए । सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दिप लामिछाने र बसन्त रेग्मीले १-१ विकेछ हात पारे ।

You might also like

Comments are closed.