Nepal's First Video FM

ढुक्क हुनुहोस मधेस आफै टुक्रिन्छ, कसले रोक्न सक्छ ? नेता कर्णले किन यसो भने (भिडियो)

853

राजपाका शिर्ष नेता लक्ष्मणलाल कर्णसंग देशको समसामयिक राजनीति , प्रधानमन्त्री ओलीको सरकारमा राजपाको प्रवेश अनि राजपाले उठाउदै आएको संबिधान संसोधनको अन्तरवस्तु लगायतको बिषयमा माउन्टेन सम्बादमा गरिएको कुराकानीक्रममा मधेशलाई कसैले टुक्र्याउन सकदैन तर आफै टुक्रिने सक्ने बताएका छन् । अधिकारको लडाई सबैको समानताको लागि हो तर अधिकारको बांडफाँट समान र न्यायोचित नहुदा टुक्रिन पनि सक्ने बताएका छन् ।

पर्सा क्षेत्र नम्वर ३ बाट संघीय संसदमा निर्वाचित रहेका सांसद कर्णले संबिधान संसोधनबारे ओली सरकारले प्रष्ट धारणा नल्याएसम्म सरकारमा सहभागी नहुने पनि प्रष्ट पारेका छन् । कानुन ब्यबसायी समेत रहेका नेता कर्णले प्रदेश नम्बर दुईमा बाम गठबन्धनले निसर्त सहयोग गरेको कारणले र प्रधानमन्त्री ओलीले संबिधान संसोधन गर्ने बचन दिएको गर्दा ओली सरकारलाई समर्थन गरेको बताएका छन् ।

कुरा गर्दै कर्णले भने ”राजपालाई जनताले पत्याएर जति मत दिएका छन् हामी त्यसको सम्मान गर्छौं। विशेष गरी हामीले २ नम्बर प्रदेशमा आफूलाई स्थापित गर्न सक्यौं। राजपा र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएपछि चुनावी अभियान अघि बढायौं। जसको सम्भावना जहाँ छ त्यसरी निर्वाचन क्षेत्र छुट्यायौं। जनताको मतको सम्मान गर्छौं।”

संविधानले सबैलाई अधिकार दिएको छैन भनेर हामीले अनेकौंपटक भनिसकेका छौं । फेरि पनि यही र यस्तै आन्दोलन गर्नुपर्छ भने हामीलाई मान्य हुँदैन कि कसैले भनिदिनुपर्यो यो संविधान मेरो मात्र हो, नभए होइन भने सबैको भावनाको प्रतिनिधित्व हुनु आवश्यक छ।

हेर्नुस भिडियो

You might also like

Comments are closed.