Nepal's First Video FM

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिने छ नतिजा ? पढ्नुहोस्

895

साउन १७, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनकि गर्ने तयारी गरेको छ । यसअघि बोर्डले हिजो नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकिएको र आजसार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ ।

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवा अन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

You might also like

Comments are closed.