माघ २५, कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीवार पक्राउ गरेको हो ।
पक्राउ लगत्तै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । अदालतले ५ दिन थुनामा राखि खड्कीमाथि अनुसन्धान गर्न म्याद दिएको छ ।
विभिन्न कार्यक्रमका नाममा नेपाली युवाहरुलाई ठूलो रकम लिएर कोरिया पठाएको आरोपमा सिआईबीले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
रकम लिएर नेपालीलाई कोरिया पठाएको र कोरिया गएका युवाहरु स्वदेश नर्फिएको भन्दै सिआईबीले उनीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान थालेको हो ।
Comments are closed.