साउन १७, रोल्पामा बुधबार साझ ट्याक्टर दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको घर्तिगाउबाट ओततर्फ बालुवा लियर जादै गरेको रा १ त १५०७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दाङ तुल्सिपुर उप महानगरपालिका ७ निबाशी २९ बर्षीय आशाराम चौधरी र सहचालक रोल्पा जिल्ला गंगादेव गाउपालिका १ बस्ने १६ बर्षीय डम्मर ओलि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
माडि गाउपालिका १ धाराबाङमा दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको थियो । घटना भएको थाहा पाए लगत्तै ई.प्र.का घर्ती गाउबाट प्रहरी टोली पुगेको थियो ।
Comments are closed.