Nepal's First Video FM

हो, मलाई फल हान्दा बढाइचढाइ गरें :- नेयमार

815

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन्।

रसिया विश्वकपमा उनको प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्।

सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्।

सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो। तर बेल्जियमसँग पराजित हुँदै ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो।

नेयमारले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। बरू उनी मैदानमा धेरै पटक लडे। ‘नाटक’ गरेको भन्दै उनको आलोचना भयो।

‘तपाईंलाई लाग्दो हो म ओभरएक्टिङ गर्छु, हो कहिलेकाहीँ गर्छु पनि। तर सत्य के हो भने मैदानमा मैले पीडा भोगिरहेको हुन्छु। तपाईंलाई थाहा छैन मैदानबाहिर मैले के भोगिरहेको हुन्छु, ’२६ वर्षिय नेयमारले भनेका छन्, ‘म जतिबेला मिडियासँग कुराकानी नगरी हिँड्छु यसको मतलब मलाई जितमात्र मन पर्छ भन्ने होइन यसको अर्थ मैले तपाईंहरूलाई निराश बनाउन जानिनसकेकाले हो।’

भिडियोमा उनले भनेका छन्-

जतिबेला म रूखो व्यवहार गर्छु। यसको कारण यो होइन कि एउटा बिग्रिएको बच्चाजस्तो हुँ। बरू निराशासँग कसरी जुझ्नु भन्ने मैले अझै सिकेको छैन।

म भित्र अझै पनि एउटा बच्चा छ। कहिलेकाहीँ उसले दुनियाँलाई मोहित पारिदिन्छ। अरूबेला उसले जोकोहीलाई रिस उठाइदिन्छ। मेरो लडाइँ त्यही केटोलाई जिउँदै राख्नका लागि हो, मैदानभित्र होइन मैभित्र।

तपाईंलाई लाग्दो हो म असाध्यै लडें तर वास्तवमा म लडेको होइन छिन्नभिन्न भएको हुँ। र यसो हुँदा कसैले तपाईंको शल्यक्रिया गरेको गोलीगाँठोमा टेकेको भन्दा बढ्ता दुख्छ।

मैले तपाईंहरूको आलोचना स्वीकार्न समय लगाएँ। मैले आफैंलाई ऐनामा हेर्न समय लगाएँ र नयाँ मान्छे बनें। अहिले हृदय फराकिलो पारेर म यहाँ छु।

म लडें। तर लड्नेहरू मात्र उठ्न सक्छन्। तपाईं लडेको ममाथि ढुंगा बर्साउन सक्नुहुन्छ वा आफ्ना ढुंगाहरू पर फालेर मलाई उठ्न सहायता गर्न सक्नुहुन्छ किनकी जब म उठ्छु पूरै देश मसँग उठ्छ।

You might also like

Comments are closed.