एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना यतिबेला लाइमलाइटमा छिन् । प्रख्यात ‘भोग’ म्यागजिनमा पहिलोपटक उनको कभर फोटो प्रकाशित भएको छ ।
यस म्यागजिनमा सुहानाले विभिन्न विषयमा आफ्ना अन्तरमनका कुरा पनि खोलेकी छन् । मिडियामा उनका तस्वीरहरु अत्यधिक छाउने गरे पनि अन्तरंग वार्ता भने आएको थिएन ।
मिडियाले अत्यधिक फलो गर्दा आफूलाई अप्ठेरो लाग्ने गरेको सुहानाको गुनासो छ ।
‘घरभित्र त यसले केही समस्या पार्दैन, तर घर बाहिर अनावश्यक टिका(टिप्पणी हुन्छ । विशेषगरी सामाजिक सञ्जालमा । मानिसहरु तपाईंलाई तीनै तस्वीरका आधारमा मूल्यांकन गर्न थाल्छन् । यसले मलाई चिन्तित तुल्याउँछ,’ उनले भनिन् ।
एउटा प्रख्यात व्यक्तिको छोरी हुन पाउँदा उनलाई कति गर्व होला रु
सुहाना भन्छिन्, ‘गर्व त अवश्य छ । तर, कहिलेकाहीँ मेरो बुवा पनि एउटा आम व्यक्ति नै भइदिए हुन्थ्यो जस्तो लाग्छ । म उहाँसँग हात समातेर शहरबजार डुल्न चाहन्छु । जुन अहिले सम्भव हुन्न ।’
स्कुल पढ्दा सानोमा बुवाले नै पुर्याइदिने गरेको उनले बताइन् ।
‘उहाँले मलाई गाडीमा छोड्न आउँदा मानिसहरु उहाँलाई ट्वाल्ल परेर हेर्थे । मलाई अचम्म लाग्थ्यो,’ सुहानाले भनिन् ।
उनले आफू आमाभन्दा बाबुसँग नजिक रहेको बताइन् । यद्यपि, आफ्नो सबै समय तालिका भने आमाको हातमा रहेको उनको भनाई छ ।
‘बुवा हामीलाई धेरै समय दिन पाउनुहुन्न, त्यसैले सबै कुरा आमाले हेर्नुहुन्छ,’ उनले भनिन् ।
सोही पत्रिकामा शाहरुखको भनाई पनि प्रकाशित छ । उनले आफू दुई छोराहरुभन्दा छोरीसँग बढि नजिक रहेको स्वीकारेका छन् ।
Comments are closed.