Nepal's First Video FM

विवाह खर्च लाग्ने २० लाख क्यान्सर फाउण्डेसनलाई दान

610

माघ २५, नवविवाहित पन्त दम्पतीले विवाहमा खर्च हुने रकम सामाजिक सेवामा लगाएको छ ।

सुदिज्ञ पन्त र सविना पोखरेलले आफूहरुले विवाहमा लाग्ने सम्पूर्ण खर्च कटाएर नेपाल क्यान्सर केयर फाउन्डेशन र पुण्यार्जन फाउन्डेशनलाई रु २० लाख सहयोग गरेका हुन्।

यहाँ बुधबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्ययाधीश दीपकराज जोशीले यस्तो कार्यलाई अभियानका रुपमा विकास गरी सबैलाई उत्प्रेरित गर्नुपर्ने धारणा राखे। सुदिज्ञका पिता वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सामाजिक रीतिरिवाजमा हुने खर्च सामाजिक काममा लगाउन सके समाजमा सकारात्मक परिवर्तन र जनतामा सहयोगको भावना विकास हुने भएकाले परोपकारी संस्थालाई सहयोग गरिएको बताए।

पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले परम्पराका नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएका अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश जाने बताए।

विशेषगरी स्त्रीरोग तथा पाठेघरको अर्वुदरोगका क्षेत्रमा काम गरिरहेको नेपाल क्यान्सर केयर फाउन्डेशनका सदस्य डा सरिता घिमिरे र पुण्यार्जन फाउन्डेशनका अध्यक्ष डा सुशील कोइरालाले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताउनुभयो । सो अवसरमा आइकेयर नेपालले दुवै संस्थालाई ५०० अष्ट्रेलियन डलर सहयोगको घोषणा गरेको थियो । रासस

You might also like

Comments are closed.