Nepal's First Video FM

बडिगार्डलाई करोडौँ तिर्ने बलिउडका यी ५ स्टार !

778

स्टारडम ठूलो कुरा हो । केही कलाकारलाई यो प्राप्त भएपछि आममानिसको सामुन्ने निस्किन निकै गाह्रो हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गर्छन् । त्यसका लागि महँगो पारिश्रमिक दिने गरिएको छ । यहाँ बलिउडका ती पाँच सुपरस्टारलाई प्रस्तुत गरिएको छ, जसले बडिगार्डलाई सबैभन्दा महँगो पारिश्रमिक दिन्छन् ।
सलमान खान-

गराउने खबर पनि बाहिर आएको छ।

अक्षयकुमार –
सुरस्टार अक्षयकुमारलाई बलिउडका खेलाडी भनेर पनि चिनिन्छ । उनी वार्षिक तीन–चारवटा हिट फिल्म दिइरहेका हुन्छन् । उनी आफ्नो सुरक्षाका लागि मोटो रकम छुट्याउँछन् । अक्षयले आफ्नो सुरक्षा अहिले श्रेयासे थेले अकालेमार्फत गरिरहेका छन् । जसका लागि अक्षयले श्रेयासेलाई वार्षिक एक करोड २० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गर्छन् ।नयाँ पत्रिकामा खबर छ ।

शाहरुख खान –
बलिउडका किङ अफ रोमान्स शाहरुख खानले रोमान्टिक विधाका सुपरहिट फिल्म दिएका छन् । युवा–युवतीका लागि उनी रोल मोडल हुन् । उनी आफ्नो सुरक्षाका लागि बलिउडमा सबैभन्दा बढी रकम खर्च गर्छन् । उनले सुरक्षाका लागि रवि सिंहलाई वार्षिक दुई करोड ५० लाख तलब उपलब्ध गराउने गरेका छन् ।

अमिताभ बच्चन-
सुरक्षा खर्चका मामलामा शीर्ष पाँचभित्र पर्छन्, बलिउड महानायक अमिताभ बच्चन । उनी ७५ वर्ष नाघिसक्दा पनि उत्तिकै सक्रिय छन् । उनको क्रेज पनि उत्तिकै छ । उनले सुरक्षाका लागि भनेर जितेन्द्र सिन्देलाई नियुक्त गरेका छन् । हरेक सार्वजनिक कार्यक्रमदेखि जुनसुकै स्थानमा अमिताभलाई जोगाउनु जितेन्द्रको जिम्मेवारी हो । यसका लागि अमिताभले जितेन्द्रलाई वार्षिक एक करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।

आमिर खान-
मिस्टर पर्फेक्सनिस्ट उपनाम पाएका बलिउड सुपरस्टार आमिर खान सन् १९८८ मा प्रदर्शन भएको ‘कयामत से कयामत तक’बाट एकाएक उदाए । यसपछि भने उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । हरेकपटक उनले व्यावसायिक र समीक्षात्मक रूपले सुपरहिट फिल्म दिएका छन् । उनले आफ्नो सुरक्षाका लागि पनि उत्तिकै खर्च गर्ने गरेका छन् । उनको सुरक्षाको जिम्मा युवराज घोरपन्डेले सम्हालिरहेका छन् । जसका लागि आमिरले वार्षिक दुई करोड भारु दिने गरेका छन् ।

You might also like

Comments are closed.