काठमाडौं – कसैले सोच्ला र आफ्नै बुवाले आफ्नै छोरी माथि यौन दुर्व्यबहार ? तर पछील्लो समय सामाजिक संजलले पनि धेरै नखुलेका घटनानाको पनि खुलासा गरिरहेका छन । कैयौ अप्रत्यासिलो घटना बाहिर आईरहेका छन् । यस्तै एक अप्रत्यासिलो घटना बहिर आएको छ । आफ्नै बाबुले छोरीमाथि यौन दुव्र्यवहार गरेका छन् । ति बाबुलाई ३ छोरीले मिलेर हत्या गरिदिएका छन्। कयौँ वर्षदेखि आफूमाथि यौन दुव्र्यहार गर्दै आएका कारण त्यसबाट मुक्ति पाउनका लागि ३ जना दिदीबहिनी मिलेर हत्या गरेको बताएका छन्।
यस्तो घटना घटेको हो रुसमा । रुसका एक माफिया बोस मिखाइल खचातुर्यन नाम गरेकी ती बाबुले आफ्ना तीन छोरीमाथि कयौँ वर्षदेखि यौन दुव्र्यवहार गर्दै आएका थिए। बाबुको उक्त व्यवहारबाट मुक्त हुनका लागि तीनै जना मिलेर हत्याको योजना बनाएको उनीहरुले प्रहरीसामु बयान दिएका छन्।
ती पुरुषको शव हत्या गरिएको अवस्थामा उनकै परिवारको एक फ्ल्याटमा भेटिएको थियो। प्रहरी बयानमा उनकी सबैभन्दा जेठी छोरीले भनेकी छिन, ‘हामीले उनलाई घृणा गथ्यौँ। हाम्रो चाहना थियो उनी हामीबाट धेरै टाढा रहुन। यस्तो ठाउँमा पुगुन जो कहिलै फर्किएर नआउनुन्।’
तीनै बहिनीले भनेका छन्, ‘त्यो दिनपनि बाबुले हामीलाई चक्कु हातमा लिएर धम्की दिइरहेका थिए। त्यही बेला एक जनाले उनको हातबाट चक्कु खोसिन र उनीमाथि हमला गरिन। त्यसपछि दुई बहिनी पनि उनीमाथि आक्रमण गर्न पुग्यौँ। मिखाइलले भाग्ने प्रयास गरेका थिए तर तीनै जनाले उनलाई भाग्न दिएनौँ। अन्तत उनको लिफ्टमा पुग्दापुग्दै ज्यान गयो। ‘
Comments are closed.