Nepal's First Video FM

छाडातन्त्र ल्याएको भन्दै प्रधानमन्त्री ओलीले काँग्रेस पार्टीलागि लगाए यति ठुलो आरोप

928

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमाथि विनाकारण हमला गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले काँग्रेसले संसदीय अभ्यास समेत गर्न नदिएको दावी गरे। उनले लोकतन्त्रको नाममा काँग्रेसले छाडातन्त्र ल्याउने खालका गतिविधि गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरको छन्।

उनले लोकतान्त्रिक भनिने काँग्रेसले बहुमतको निर्णय नमानेर संसदीय व्यवस्थाकै अपमान गरिरहेको आरोप पनि लगाए। बिहिबार तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले अधिकतम लोकतान्त्रिक अभ्यास गरिरहँदा पनि अधिनायकवादको आरोप लगाउने काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको दावी पनि गरेका छन्। उनले सबै जनतालाई सुःखी बनाउन सरकारले ‘समान अधिकार र समान अवसर’ मा जोड दिएको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आफूहरुले बलियो कम्युनिष्ट पार्टी बनाउनु परेको पनि बताए।

You might also like

Comments are closed.