अब ढुक्कले आफु गर्भवती भएको घरमै बसेर कसरी थाहा पाउने त ? यस्ता हुन्छन् लक्षण,जो कोहिले अनुमान गर्न सकिन्छ
गर्भपतनको लागि नेपाल सरकारले पनि अहिले कडा नियम बनाएको छ । कैयौ महिला आफु गर्भवती भएको समेत पत्तो पाउदैनन् । तर धेरै महिलाहरु आफु गर्भवती भएको आँफै स्वयमले महसुस गर्ने गर्छन् ।
कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । कैयौ नचाहदा नचाहदै आफ्नो सानो लापर्वाहिले पनि गर्भवती हुन पुग्छन् ।
महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । यदी गर्भवती भएकाइ हो भने महिनावारी रोकिन्छ । कुनै समयमा गर्भवती हुँदा समेत गर्भ रहने गर्दछ । गर्भवती भएपछी प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ ।
गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ। गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन्। केही महिलाहरुलाई शुररुवातका केही महिनामा वान्ता हुने गर्छ। तर बिस्तारै यो समस्या हट्दै जान्छ।
बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ। कैयौ महिलाहरुलाई अमिलो खान मन लाग्ने अनी माटो नै खाने वा खाउ खाउ लाग्ने हुने गर्दछ । तर केही महिलालाई भने एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ। गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ । त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ।
यस्तो अवस्था देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकिमा गई स्वास्थ्य जाच गर्न अती आवश्यक हुने गर्दछ ।
Comments are closed.