Nepal's First Video FM

प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा देउ भन्दै युएई सहित विश्वका ३० देशमा ओली सरकारविरुद्ध प्रदर्शन सुरु

1,090

नेपाली कांग्रेसले नेकपाको नेतृत्वमा रहेको सरकारविरुद्ध देश विदेशबाट प्रहार गर्न थालेको छ । विदेशमा रहेका नेपालीका कांग्रेसका जनसम्पर्क समितिले सरकारको विरोध गर्न थालेका छन् । नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प मागेको छ ।

अब सरकारको बिकल्प खोज्नपुपर्ने बेला आएको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले बताएको छ । अहिलेको सरकारले जनताको चासो संवोधन गर्न नसक्ने बताउँदै अब चाँडै विकल्प खोज्न आवश्यक रहेको बताएको हो । नेपाली कांंग्रेसले विभिन्न ३० वटा मुलुकबाट ओली सरकारविरुद्ध लाग्न उर्दी जारी गरेको छ ।

समितिका युएई अध्यक्ष खेमराज बस्नेतले विज्ञप्तिमार्फत सरकारले अबैधानिक रुपमा काम गरीरहेको आरोप लगाएका छन् । उनले संबैधानिक निकायलाई कार्यकारीको अधिनमा राख्ने काम गरेको पनि दाबी गरेका छन् । सरकारलाई पार्टीका रूपमा संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायलाई ब्यबसायिक रुपमा सन्चालन गर्नुको सट्टा पार्टीको प्रतिबद्धताका आधारमा चलाउने काम वर्तमान सरकारले गरेको जनसम्पर्क समितिलेको भनाइ छ ।

मिर्गौला रोग, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका बिरामीहरुलाई मासिक पाँच हजार रुपैयाँ जिवीकोपार्जन भत्ता दिने ब्यबस्था गर्न जनसम्पर्क समितिले माग गरेको छ । साथै, भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने तथा बृद्धभत्ता सम्बन्धी गरिएका पूर्ववर्ति सरकारको निर्णयलाई खारेज गर्ने वर्तमान सरकारको निर्णयको नेपाली समितिले निन्दा गरेको छ ।

You might also like

Comments are closed.