संसद बैठक भित्रै चर्को बाजाबाजा, मिनेन्द्र रिजाल र सभामुख कृष्णबहादुर महराबीच चर्काचर्की, खास कारण यस्तो पो रहेछ,एका बिहानै यसरि भयो पर्दाफास (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले आज बिहीबारको संसद बैठक बहिस्कार गरेका छन् । सभामुखसँग रस्साकस्सी चलेपछि कांग्रेसका सबै सांसदहरू रिसाएर बैठक कक्ष छाडेका हुन् । कांग्रेस बहिस्कारको नेतृत्वकर्ता थिए-डा मिनेन्द्र रिजाल । गृहमन्त्री रामबहादुर थापाले आफ्ना प्रश्नहरूको उत्तर चित्तबुझ्दो नदिएको भन्दै सभामुख कृष्णबहादुर महरासँग रिजालले गृहमन्त्रीले जवाफ दिनु पर्ने माग राखेका थिए । केहीबेर सभामुख र रिजालबीच दोहोरो बाजाबाज चल्यो । सुरूमा त फकाउने भाषामा बोलेका महरा पछि कडा रूपमा प्रस्तुत भए ।
रिजालको मागलाई ठाडै अस्विकार गरेर पेलेरै अगाडि बढेपछि सभामुखसँग कांग्रेस सांसदहरू रिसाए ।रिजाल सिटबाट उठेर रोष्टमतर्फ अगाडि बढ्दा संसद कक्षको माहोल तात्यो । मर्यादा पालकहरू सतर्क रहँदै कांग्रेस सांसदहरूमाथि निगरानी राख्दै थिए ।
कांग्रेस सांसद रिजाल सरासर बैठक कक्ष छाडेर बाहिरिएपछि उनकै पछिपछि अन्य सांसद पनि बाहिरिए ।कतिसम्म विरोध जनाउन अल्छी गरेको भन्दै भने रिजाल आफ्नै पार्टीका सांसदसँग पनि रिसाएका थिए ।हेर्नुस्ः मिनेन्द्र रिजालको रिसः
भिडियोः
Comments are closed.