Nepal's First Video FM

एकाबिहानै श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या,पढ्नुहोस

1,066

काठमाडौं १८ – दोलखामा श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको छ । जिल्ला प्रहरी कायालय दोलखाले दिएको जानकारी अनुसार श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको हो । घटना जिरी नगरपालिकामा घटेको प्रहरीले जानकारी दिएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नं. ३ माली बस्ने  ५५ वर्षीया नाङगेल शेर्पाको मृत्यु भएको हो । ५५ वर्षीया आङलुङ शेर्पाले श्रीमान नाङ्गेल शेर्पालाई नाकमा प्रहार गरेकी थिइन् । श्रीमतीको कुटाइबाट श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । श्रीमती आङलुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए । उनका अनुसार आज बिहान १० बजे  श्रीमान–श्रीमतीबीचमा घरायसी विवाद भएको हो । ओएस नेपालको पेजबाट यो न्युज लिएका थियौ  ।

You might also like

Comments are closed.