‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ बोलको गीत सर्वाधिक हिट भएपछी मिडियामा बोल्दै दिपाश्रीले गरिन विवाह गर्ने घोषणा,कोसंग गर्दैछिन दिपाश्री विबाह,हेर्नुहोस भिडियो
काठमाडौं – अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले घुमाउरो पारामा चाँडै विवाह गर्ने घोषणा गरेकी छिन् । उनको चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ बोलको गीत सर्वाधिक सफल भएपछि पत्रकारसँग कुरा गर्दै उनले विवाह बारे यस्तो घोषणा गरेकी हुन् । ‘कामको चापले पनि सोच्न पाएको छैन ।’ उनले पत्रकारसँगको कुराकानीमा भनिन्,‘त्यस्तो दिन आयो भने, कामलाई थाँती राखेर पनि विवाह गर्नपर्छ ।’
उनले अहिले सम्म विवाह नभएकोमा आफुलाई कुनै पछुतो नभएको पनि बताएकी छन् । विवाहको बारेमा धेरै खुल्न नचाहेकी उनले चलचित्र ‘छक्का पञ्जा ३’ को गीतलाई सबैले मन पराइदिएकोमा धन्यवाद पनि दिएकी छन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘छक्का पन्जा’ सफल चलचित्रको दर्जामा आफुलाई उभ्याउन सफल भएको थियो । त्यसपछिको ‘छक्का पन्जा २’ ले पनि दर्शकहरूको अगाध माया पायो भने बन्दै गरेको ‘छक्का पञ्जा ३’ ले पनि राम्रै व्यापार गर्ने अपेक्षा धेरैले गरेका छन् । चलचित्रको अहिले छायाङ्कनको काम चलिरहेको छ ।
Comments are closed.