डेउडा गायिका शोभा थापाले गाईन जीवनमा पहिलो पटक यस्तो मौलिक डेउडा गित,कसले भन्छ यो डेउडा गित होईन भनेर,हेर्नुहोस भिडियो
काठमाडौं/ ,नेपालि गीतसंगीतले बजार तातिरहेकै बेला गितसंगीतमा केहि उतारचढाव र मौलिकपन हराउदै गैरहेकै बेला नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित शोभा थापाको प्रस्तुतिमा “भुक्तोलिका राम“गायिका शोभा थापाको आफ्नै युटुब च्यानल विशेष फिल्मसबाट सार्वजनिक भएको छ । यस विषयमा गायिका शोभा थापाले यसरि थपिन “म बिगत केहि वर्ष देखि सुदूरपश्चिमको डेउडा कला सस्कृति जग्रेनाको लागि म लागिरहेको छु । मलाई डेउडा गायिका होईन भन्ने पनि यहि क्षेत्रमा भेटाएकि छु र मेरो चुनौती यो फैसला मैले गर्दिन आम नेपालि दर्शक श्रोताले गर्ने छन् । दर्सक श्रोताको अपार माया नै मेरो लागि काफि छ भने किन डराउनु छोटो समयको चर्चाको लागि मैले मेरो कला सस्कृति बेचेर मैले ईज्जत कमाएको छैन र गुमाएकी पनि छैन गुमाउन पनि नपरोस । म यति चाहान्छु कि मैले मेरो लागि काम कहिले गर्दिन म मेरो गाउँठाउँ,समाज,सुदूरपश्चिम र सिङ्गो नेपालको लागि सपर्पित हुनेछु । “यस पटक पनि मैले आदरणीय दाई राजेन्द्र शाह बि.पी.दाईको सिर्जनामा फेरी मौलिक डेउडा गित गाउने अवसर पाएकी छु ।
पछिल्लो समय डेउडा गीतको शब्द संगीतमा एक क्षत्र राजा गरेका चर्चित सर्जक राजेन्द्र शाह बि पिको लय तथा शब्द सिर्जना रहेको छ । विजय थापा मगरको संगीत सयोजन रहेको यस गीतमा पछिल्लो समय सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा पाईला चालिरकेकी पछिल्लो समय एक पछी अर्को चर्चाको शिखरमा चड्दै गरेकी गायिका शोभा थापा र युवा पुस्ताका चर्चित युवा डेउडा गायक लालबहादुर धामी”अछामी बड्डो”को सुमधुर आवाज रहेको छ । यस गीतमा सुदूरपश्चिमको कला-सस्कृतिक झल्केको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन चक्र बराल(बासु)र डीबी रौलेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा गायक लालबहादुर धामी,रोजी कुवर,लक्षण अधिकारि,निरुता खत्री र पशुपति खनालको उत्कृष्ट अभिनय रहेको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ:
Comments are closed.