बलिउड अभिनेता इरफान खान जटिल प्रकारको क्यान्सरसँग जुझिरहेका छन् । न्यूरोएन्डोक्राइन ट्यूमरबाट पिडित उनको अमेरिकामा उपचार जारी रहेको छ । इरफानले एक अन्तरवार्तामा आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।
‘मैले अहिलेसम्म ४ राउन्ड किमो लिएँ । अझै दुई राउन्ड लिन बाँकी छ । डाक्टरहरुले अब म खतरामुक्त रहेको बताएका छन्,’ इरफानले भने । सुरुमा आफूलाई यस्तो रोग लागेको थाहा पाउँदा बाँच्ने आशा नै समाप्त भएको उनले सुनाए ।
‘मलाई अब म मर्दैछु भन्ने लागेको थियो । तर, सास रहुञ्जेल आशा हुन्छ नै । त्यसैले उपचार प्रक्रियामा जान तयार भएँ । डाक्टरहरुले मेरो उपचारमा कुनै कसर बाँकी राखेनन् । यसैको नतिजा हो कि मेरो अवस्थामा सुधार आएको छ । तर, मलाई अझै पनि लाग्छ कि मेरो आयू लामो छैन,’ इरफानले भने ।
अब आफू पहिलेभन्दा फरक तरिकाले बाँच्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘म भविष्यको बारेमा अत्यधिक योजनाहरु बनाउँथे । त्यसको कुनै अर्थ नहुँदो रहेछ । जिन्दगीले कसलाई कतिबेला कहाँ पुर्याउँछ कसैलाई थाहा नहुँदो रहेछ । अब आइन्दा भविष्यको योजना बनाउन छोड्नेछु ।’
इरफानले अगाडि थपे, ‘जिन्दगी र मृत्यूको बीचमा केरो कुनै नियन्त्रण छैन । मलाई जिन्दगीप्रति कुनै गुनसो पनि छैन किनकी जिन्दगीले मलाई धेरै कुरा दिएको छ । यसप्रति म कृतज्ञ छु
Comments are closed.