माघ ८, कोका कोलाले यसपटकको जाडो सिजनमा ‘कोका–कोला मोःमोत्सव’ जारी राखेको छ । यसको लागि कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँग सहकार्य गरेको छ ।
यो मोःमोत्सवमा मःम र कोका–कोलाको कम्बो अनुभव उपभोक्ताहरुलाई गराउनका लागि चर्चित मोडल तथा नायिका बर्षा सिवाकोटीले बिभिन्न आउटलेटहरुमा गएर यो उत्सव सेलिब्रेट गरिरहेकी छन् ।
उनले भनिन्– “म आज तपाईहरुसँग हुँदा निकै खुसी भएकी छुु । काठमाडौंका रेष्टुरेन्टहरुमा मलाई मनपर्ने मःम र कोका–कोला खाँदै तपाईहरुसँग रमाइलो गर्न पाए । मलाई तपाईहरुको साथले यो उत्सवमा निकै रोमाञ्चित बनाएको छ । यो महोत्सवमा सहभागी सबैले साथ दिनुभएकोमा खुसी ब्यक्त गर्न चाहन्छु ।”
बर्षाको यो अभियान जारी रहने कम्पनीले जनाएको छ ।
Comments are closed.