Nepal's First Video FM

ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दी नदीमा खस्दा आमाछोरा बेपत्ता

926

साउन १८, म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी म्याग्दी नदीमा खस्दा आमाछोरा बेपत्ता भएका छन् ।

शुक्रबार बिहान ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा नदीमा खस्दा ड्राईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने आमा बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् । अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा खसेको देख्ने दर्शकले बताएका छन् ।

ट्याक्सी खोलामा खसेलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

असुरक्षित रुपमा ट्याक्सी चलाउँदा अप्रिय घटना भएकाले जथाभावी सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसँग सहकार्य गरेको छ ।

You might also like

Comments are closed.