साउन १८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।
बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे अमर्यादित टिप्पणी गरेपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए । प्रतिपक्ष नेपाली कांग्रेसमात्रै नभएर सत्तापक्षका सांसदले पनि तामाङलाई राजीनामा गर्न दबाब दिएका थिए ।
साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए । मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद ढकालले साँझ ४ बजे शपथ लिने कार्यक्रम छ ।
Comments are closed.