Nepal's First Video FM

इनार सफा गर्न क्रममा सामाखुसीमा तीन जनाको मृत्यु

636

साउन १८, राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजना मदजुरको मृत्यु भएको छ । इनार सफा गर्न छिरेको केही समयमै उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

इनारभित्र बेहोस भएको जानकारीलगत्तै सोह्रखुट्टे प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्दार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले बताए । ईनार भित्र अक्सीजनको कमी भएका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

You might also like

Comments are closed.