हाँस्य प्रदान सामाजिक फिल्म ‘साली कसको भेनाको’ ‘ढल ढल ढल्काउली’ बोलको गीत सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ ।
‘ढल ढल ढल्काउली’मा पुष्प आचार्यको शब्द, प्रसाद श्रेष्ठको संगीत छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । हेर्नुस भिडियो;
Comments are closed.