Nepal's First Video FM

नेपाल दोश्रो जितको खोजीमा आज ओमान संग खेल्दै

541

माघ २६, नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा आयोजक नामिवियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । पहिलो खेलमा जित निकालेको नेपाली टोली ओमानलाई हराउँदै दोस्रो जितको खोजीमा रहेको छ । यता, ओमान भने पहिलो जितको खोजीमा छ ।

रोमान्चक बनेको पहिलो खेलमा नेपालले नामिवियालाई १ विकेटले हराएको थियो । बसन्त रेग्मी नायक बन्दा नेपालले नामिवियाले दिएको १३९ रनको लक्ष्य ४९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गरेको थियो । एक समय पराजय नजिक पुगेको नेपालको जितमा बसन्तले अविजित २४ रन जोड्दै नेपाललाई महत्वपूर्ण जित दिलाए । बसन्तले अन्तिम दुई ओभरमा १ छक्का र १ चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

डिभिजन टु मा ओमान तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टोली हो । ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटले पराजित भएको थियो । तर, ओमन आईसीसी विश्व क्रिकेट लिग डिभिजन – ३ बाट बढुवा हुँदै टिभिजन टु मा पुगेको हो । त्यसैले नेपाल ओमानसँग सतर्क भएर खेल्नछ । ओमानविरुद्ध नेपालले आफ्नो कमजोर ब्याटिङलाई सुधार गर्नुपर्नेछ ।

नेपालले यसअघि ५० ओभरको खेलमा ओमनसँग १ पटक मात्रै खेलेको छ । २०१३ सालमा बर्मुडामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन – ३ को उपाधि नेपालले जित्दा लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको छ । त्यसपछि नेपालले पाँच बर्षपछि ओमानसँग खेल्न लागेको हो ।

६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपालले २ अंक जोड्दै तेस्रो स्थानमा छ । समान २ – २ अंक जोडेको क्यानडा र युएई पहिलो र दोस्रो स्थानमा छ । ओमान अंकबिहीन छ । शुक्रबार ओमानलाई हराए नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना बलियो बन्नेछ ।

नेपाललाई उच्च श्रेणीको क्रिकेटमा रहिरहन पनि डिभिजन टु महत्वपूर्ण छ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छ । विश्वकप छनोट जिम्बाबेमा यही फेब्रुअरी हुनेछ । यस्तै डिभिजन टु को अन्तिम दुई टोली भने डिभिजन – ३ मा घटुवा हुनेछ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट रेलिगेसन हुँदै डिभिजन टु मा झरेको हो । आठ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल सातौं भएको थियो ।

You might also like

Comments are closed.