Nepal's First Video FM

गोसाइँकुण्डमा भिषण पहिरो जाँदा ३३ वर्षीया नम्रताको मृत्यु,मच्चियो भागदौड

576

रसुवा – गोसाइँकुण्ड गएका एक यात्रुको आज पहिरोमा परेर निधन भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुरकी ३३ वर्षीया नम्रता कार्की रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । साथीहरुसंग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा समृद्ध थापाले जानकारी दिनुभयो । २७ जना यात्रुहरुमध्ये अन्य २५ यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.