Nepal's First Video FM

एमाले–माओवादी केन्द्रको बैठक बस्दै, पार्टी एकताबारे ठोस निर्णय हुने नेताहरुको दाबी

768

माघ २६, एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बोलाइएको छ । पार्टी एकता प्रक्रिया संकटमा परेको आशंका हुन थालेका बेला समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सरकार गठन, पदीय भागवण्डा लगायत पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्ला–एक्लैको भेटवार्तामा भएका छलफलका बारेमा समेत समितिमा जानकारी गराइने बताइएको छ ।

सरकार गठनको पदीय भागवण्डामा सहमति जुटाएका दुई दल पार्टी एकतामा भने समस्यामा परेका छन् । अध्यक्ष माओवादीलाई दिने वा नदिने भन्नेमा एमालेभित्र सहमति जुट्न नसक्दा एकता प्रक्रियामा समस्या देखिएको नेताहरुले बताएका छन् ।

You might also like

Comments are closed.