Nepal's First Video FM

फेरी अर्को बलात्कारको घटना सार्वजनिक,अपांग तथा सुस्त मनस्थिति भएकी १० बर्षीय बालिका बलात्कृत

986

साउन १९/ दाङमा एक जना अपांग तथा सुस्त मनस्थिति भएकी बालिकामाथि बलात्कार भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा एकजना अपांग तथा सुस्त मनस्थिति भएकी दश वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।

बालिका बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ वर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक निर्मल खत्रीले जानकारी दिए।

जिप्रका मुद्दा शाखाका नायब निरीक्षक खत्रीले घरमा बालिकाका अभिभावक कोही नभएको र उनी एक्लै सुतिरहेकी अवस्थामा जबरजस्ती करणी भएको भन्ने खुल्न आएको जानकारी दिए।

‘शारिरीक रुपमा अपाङ्ग र स्पष्ट बोल्न पनि नसक्ने बालिकालाई एक्लै देखेपछि त्यहाँ काम गर्न गएका व्यक्तिले नै बलात्कार भएको देखिन्छ,’ प्रहरी नायब निरीक्षक खत्रीले भने।

बालिकाको घरमा ज्याला मजदूरीमा काम गर्न गएका ३५ वर्षीय बस्नेतले साउन दश गते बिहान ११ बजेतिर घरमा अभिभावक नभएको मौका छोप्दै अपाङ्ग तथा सुस्त मनस्थितिकी बालिकामाथि बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरी नायब निरीक्षक खत्रीले बताए।

पीडित बालिकाको तर्फबाट सोही व्योहोराको किटानी जाहेरीका आधारमा अभियुक्त बस्नेतलाई साउन दश गते नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। यसैबीच बलात्कारको अभियोग लागेका बस्नेतमाथि दाङ देउखुरी जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ।

You might also like

Comments are closed.