Nepal's First Video FM

आँखामा पट्टी लगाएर भुत पन्छाउने भन्दै पूजारीद्वारा श्रीमतीको बलात्कार !

1,052

हाम्रो छिमेकी देश भारतमा विभिन्न प्रकारका बलात्कारका घटनाहरु सार्वजनिक हुँदै आएको छ । केही साता अघि सात महिने बालिकालाई बलात्कार गरेको आरोपमा १९ वार्षीय एक युवकलाई फाँसीको सजाय सुनाईएको थियो । यो घटना सार्वजनिक भएसँगै १२ वर्षीय बालिकालाई २२-२२ जनाले सामूहिक बलात्कार गरेको समाचारले पनि मिडियामा राम्रै चर्चा पाएको छ । ती बालिकालाई उनीहरुले सात महिनासम्म धम्क्याउँदै सामूहिक बलात्कार गर्दै आएका थिए ।
अहिले आएर अर्को बलात्कार घटना सार्वजनिक भएको छ । यो एक अनौठो तरिकाले बलात्कार भएको छ । जहाँ एक दम्पतीको आँखामा पट्टी लगाएर एक पूजारीले श्रीमतीलाई बलात्कार गरेका छन् ।

यो भारतको जिंदको घटना हो । त्यहाँका एक पूजारीले झार फुकको नामममा एक दम्पतीको आँखामा पट्टी बाँधिदिए, र पत्नीलाई भने बलात्कार गरे । भारतको जिंदस्थीत एक मन्दिरका पूजारी माथि राजस्थानको प्रहरीमाझ झार फुकको नाममा एक विवाहित महिलालाई बलात्कार गरेको अभियोगमा उजुरी दर्ता भएको छ ।

ती आरोपित पूजारीको खोजी कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ । साथै सो बलात्कारीलाई खोजी गर्नकै लागि जिंद भन्ने ठाउँमा प्रहरीले डेरानै जमाएको छ । यसरी प्रहरीले डेरा जमाएको थाहा पाउनसाथ ती बलात्कारी पूजारी आफ्नो परिवारको साथमा फरार भइसकेका छन् । यस्तो छ घटनाको पूरा विवरणः

पूजारीले पत्नीमाथि भुत भएको दावी गरे- प्रहरीलाई उजुरी दिँदाको बयानमा उत्तर प्रदेशका मैनपूरी निवासी ती व्यक्ति तीन वर्ष पहिले जिंदको लोको कोलनीस्थीत बालाजी मन्दिरको पूजारी अशोक भगतको सम्पर्कमा आएका थिए ।

ती पूजारी भगतले उनको श्रीमतीलाई भुत चडेको बताएका थिए, भने यसको उपचार आफुले गर्ने बताएका थिए । यसै कारण पनि उनले आफ्नो पत्नीलाई लिएर ती पूजारीकँहा गइरहन्थे । यसै क्रममा ती पूजारीले आफ्नो श्रमितीलाई बलात्कार गरेको आरोप लगाएका छन् ।

पूजारी विरुद्ध उजुरी दर्ता- उजुरीकर्ताका अनुसार लगभग १० महिना पहिले उनिहरुको बिहे भएको थियो । विहेपछि उनको श्रीमती बिरामी हुँदै आएकी थिइन् । यसै कारण उनले आफ्नो पत्नीलाई ती पूजारी अशोक भगतकोमा लाने र ल्याउने गर्दथे । ती पूजारीले श्रीमान श्रीमती दुवैको उपचार गर्नुपर्ने बताए ।

सोही अनुरुप उनीहरु गत १८ जुनका दिन अन्य श्रद्धालुहरुको साथमा ती पूजारीसमक्ष गए । यसै अवसरमा सोही धर्मशालामा ती पूजारीले झार फुकको नाममा उनको श्रीमतीलाई बलात्कार गरे । सोही कारण उनीहरुले राजस्थानको करौली जिलेको भीम चौकीमा ती पूजारीविरुद्ध बलात्कारको उजुरी दर्ता गरिएको छ ।

म सँग सम्बन्ध राख, भुत आफै निस्कन्छः आरोपी पूजारी -उजुरीकर्ताले ती पूजारीलाई यस्तो अरोप लगाएतका छन्, कि ती धर्मशालामा पुगेपछि पूजारीले एक-एक गरेर पालै-पालो सबैलाई आफ्नो कोठामा बोलाउँथे । ती पीडित दम्पती दुवै पूजारीको कोठामा गए ।

पूजारीले भने, ‘दुवैको आँखामा पट्टि बाँधेर मेरो समुन्ने सेक्स गरेमा भुतको छाँया हट्छ ।’ तर पट्टि बाँधेपछि ती पूजारीले उनको श्रीमतीसँग दुष्कर्म गर्न थाले । उनलाई शंका हुन थाल्यो र उनले आफ्नो पट्टी खोलेर ती पूजारीलाई आफ्नो श्रीमतीबाट टाढा रहन भने ।

यसै घटनापछि उनीहरुले १२ जुलाईका दिन उजुरी दर्ता गरेका हुन् । जिंद प्रहरीले ती पूजारी विरुद्ध जीरो एफआईआर दर्ता गरेर राजस्थानको प्रहरीको चौकीमा पठाएको छ । अहिले यसै घटनालाई लिएर राजस्थान प्रहरीले कारबाही अगाडि बढाएको छ ।

You might also like

Comments are closed.